स्थानीय

चाडपर्व लक्षित सुरक्षा जाँचमा दमक प्रहरीको सक्रियता

चाडपर्व लक्षित सुरक्षा जाँचमा दमक प्रहरीको सक्रियता

दमक। चाडपर्वका बेला शान्ति सुरक्षा कायम राख्न तथा सडक दुर्घटना र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय दमकले सवारी साधनको सुरक्षा जाँचलाई तीव्र बनाएको छ।सवारी साधनको चाप र सर्वसाधारणको आवतजावत बढ्ने समयलाई लक्षित गर्दै प्रहरीले आवश्यक कागजात, चालकको अवस्था र शंकास्पद गतिविधिमाथि निगरानी बढाएको हो।प्रहरीले चाडपर्वका बेला मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तीव्र गति नियन्त्रण गर्न र ट्राफिक नियम पालना गर्न चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीको निगरानीसँगै नागरिकको जिम्मेवार व्यवहार पनि आवश्यक रहेको छ।

२०८३ कात्तिक ७ • आवर दमक
झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध, उल्लंघन गरे कारबाही

झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध, उल्लंघन गरे कारबाही

दमक। जिल्ला प्रशासन कार्यालय झापाले चाडपर्व, धार्मिक उत्सव, र्‍याली तथा मूर्ति विसर्जनका क्रममा चर्को आवाजमा डीजे बजाउन र सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि गर्न प्रतिबन्ध लगाएको छ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सूचना जारी गर्दै जिल्लामा धार्मिक सहिष्णुता, आपसी सद्भाव र शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षलाई आग्रह गरेका हुन्।प्रशासनले धार्मिक स्थलहरूअगाडि होहल्ला गर्ने, जुलुस रोक्ने, उत्तेजक प्रदर्शन गर्ने तथा अविरलगायतका सामग्री फ्याँकेर तनाव सिर्जना गर्ने गतिविधि नगर्न सचेत गराएको छ। साथै, धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा तोकिएको मार्ग र समयसीमा पालना गर्न आयोजकहरूलाई निर्देशन दिएको छ।चर्को आवाजमा डीजे बजाएर ध्वनि प्रदूषण गर्ने तथा सार्वजनिक शान्तिमा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिइएको प्रशासनले जनाएको छ।सूचनाको उल्लंघन गरी प्रतिबन्धित गतिविधि गरेको पाइएमा आयोजक तथा सहभागी मात्र नभई डीजे व्यवसायी, उपकरणधनी र ढुवानीमा संलग्न सवारीसाधनका चालक तथा धनीलाई समेत प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।त्यस्तै, शोभायात्रा तथा मूर्ति विसर्जनमा मादक पदार्थ सेवन गरेर सहभागी नहुन र सामाजिक सञ्जालमार्फत भ्रामक सूचना तथा साम्प्रदायिक विद्वेष फैलाउने सामग्री प्रसार नगर्न पनि प्रशासनले आग्रह गरेको छ।जिल्लाको धार्मिक तथा सांस्कृतिक विविधताबीच कायम सद्भाव र सहअस्तित्व जोगाउन राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक अगुवा, व्यवसायी तथा सर्वसाधारणलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ।

२०८३ कात्तिक ७ • आवर दमक
विजयादशमीका दिन झापामा १३ दुर्घटना, २३ जना घाइते

विजयादशमीका दिन झापामा १३ दुर्घटना, २३ जना घाइते

बडादशैंको विजयादशमीका दिन झापामा १३ वटा सवारी दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। घाइतेमध्ये एक पुरुषको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।दुर्घटनामा ७ महिला, ११ पुरुष, ४ बालिका र एक बालक घाइते भएका छन्।प्रहरीका अनुसार १३ वटा दुर्घटनामा १९ वटा सवारीसाधन संलग्न थिए। तीमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन्। आठ वटा मोटरसाइकल दुर्घटनामा १३ वटा मोटरसाइकल संलग्न थिए।त्यस्तै, बस एक, कार तथा जिप दुई र अटो टेम्पो दुई वटा दुर्घटनामा संलग्न रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

२०८३ कात्तिक ५ • आवर दमक
दमकका बेगम तुम्रोकले जिते २५ लाख रुपैयाँ

दमकका बेगम तुम्रोकले जिते २५ लाख रुपैयाँ

दमक। झापाको दमकका एक युवाले iPhone 18 Pro Max खरिद गर्दा २५ लाख रुपैयाँको ग्रान्ड प्राइज जितेका छन्। दमक नगरपालिका–१ का बेगम तुम्रोकले दमकस्थित श्रेष्ठ मोबाइल केयरबाट उक्त मोबाइल खरिद गर्ने क्रममा लक्की ड्रमार्फत २५ लाख रुपैयाँको नगद पुरस्कार जितेका हुन्।नेपालका लागि iPhone को आधिकारिक वितरक GenNext Nepal द्वारा आयोजित iPhone 18 Pro सिरिजको लक्की ड्रमा तुम्रोक विजेता बनेका हुन्। मोबाइल खरिद गर्ने ग्राहकलाई लक्षित गरी सञ्चालन गरिएको उक्त योजनाअन्तर्गत उनले आकर्षक पुरस्कार प्राप्त गर्न सफल भएका हुन्।iPhone 18 Pro सिरिज खरिद गर्ने ग्राहकलाई सहभागी गराइएको लक्की ड्रमा २५ लाख रुपैयाँको ग्रान्ड प्राइज जितेपछि तुम्रोकको यो उपलब्धि दमकमा चर्चाको विषय बनेको छ। मोबाइल खरिद गर्ने क्रममा ठूलो धनराशिको पुरस्कार प्राप्त हुनुले उनका लागि यो खरिदलाई थप विशेष बनाएको छ।दमकस्थित श्रेष्ठ मोबाइल केयरबाट iPhone 18 Pro Max खरिद गरेका तुम्रोकले GenNext Nepal को प्रवर्द्धनात्मक योजनाअन्तर्गत आयोजित लक्की ड्रमा सफलता हासिल गरेका हुन्। यस योजनाले मोबाइल खरिदकर्तालाई नियमित खरिदसँगै आकर्षक पुरस्कार जित्ने अवसरसमेत प्रदान गरेको थियो।

२०८३ कात्तिक ३ • आवर दमक
मेयरको घरमा तोडफोड गर्ने कामदार पक्राउ

मेयरको घरमा तोडफोड गर्ने कामदार पक्राउ

दमक । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको निर्माणाधीन घरमा तोडफोड गरेको आरोपमा घर निर्माणमा संलग्न कामदार पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, दमक नगरपालिका–६ स्थित सन्तविर मार्गमा रहेको नगरप्रमुख थापाको निर्माणाधीन घरको दोस्रो तलामा लगाइएको इँटाको गारो भत्काएको आरोपमा सतनारायण ऋषिदेवलाई नियन्त्रणमा लिइएको हो।गत असोज २२ गते राति घरको दोस्रो तलामा लगाइएको इँटाको गारोको केही भाग भत्काएर इँटा झारिएको घटनाबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उक्त कार्य घर निर्माणमै संलग्न कामदार ऋषिदेवले गरेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।प्रहरीका अनुसार, ऋषिदेवले घर निर्माणको काम गरेबापतको पारिश्रमिक नपाएको भन्दै आवेशमा आएर गारो भत्काएको बयान दिएका छन्।घटनापछि निर्माणाधीन घरको गारोमा क्षति पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, घटनाका सम्बन्धमा हालसम्म कुनै लिखित उजुरी परेको छैन। साथै, पक्राउ परेका ऋषिदेवबाहेक अन्य व्यक्तिको संलग्नता रहेको खुलेको छैन।प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

२०८३ असोज २५ • आवर दमक
स्थानीय तहको बलियो जनाधारसहित हुकुमसिंह राई कांग्रेस केन्द्रीय राजनीतिमा

स्थानीय तहको बलियो जनाधारसहित हुकुमसिंह राई कांग्रेस केन्द्रीय राजनीतिमा

झापाको क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसको जनाधार विस्तार गरेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। एमालेको प्रभाव क्षेत्र मानिने यस क्षेत्रमा उनले दुवै स्थानीय तह निर्वाचनमार्फत आफ्नो राजनीतिक आधार बलियो बनाएका छन्।२०७४ को स्थानीय तह निर्वाचनमा कमल गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै ८ हजार २ सय ७५ मत प्राप्त गरेका राईले २०७९ को निर्वाचनमा १२ हजार ८ सय ६८ मत ल्याएर विजयी भएका थिए। स्थानीय तहमा देखिएको यही चुनावी प्रदर्शनलाई उनको राजनीतिक आधारका रूपमा हेरिएको छ।नेपाल तरुण दलबाट राजनीतिक यात्रा सुरु गरेका उनी तरुण दल झापाको कार्यवाहक सभापति, कांग्रेस गाउँ सभापति र जिल्ला सदस्य हुँदै अहिले महासमिति सदस्य तथा कोशी प्रदेश समिति सदस्य छन्। कांग्रेसको १४औँ र १५औँ महाधिवेशनमा उनी झापा क्षेत्र नम्बर ५ बाट लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। पार्टीभित्र पुस्तान्तरणको बहस चलिरहँदा उनले विशेष महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्माको पक्षमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेस वृत्तमा चर्चा छ।स्थानीय तहमा विकास निर्माणका कामलाई प्राथमिकता दिएको दाबी गर्दै आएका राईले विपक्षी दलसँग प्रतिस्पर्धा गर्न सक्ने र स्पष्ट वक्ताको छवि बनाएका छन्। यही पृष्ठभूमीका आधारमा उनी कांग्रेसको आगामी १५औँ महाधिवेशनमा कोशी प्रदेशबाट आदिवासी जनजाति समूहअन्तर्गत केन्द्रीय सदस्य पदका आकांक्षी बनेका हुन्।स्थानीय निर्वाचनबाट स्थापित राजनीतिक पहिचानलाई केन्द्रीय तहमा पुर्‍याउने उनको प्रयासलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, केन्द्रीय राजनीतिमा उनको आगामी भूमिका महाधिवेशनको निर्वाचन परिणाम र पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले निर्धारण गर्नेछ।

२०८३ असोज २० • आवर दमक
दमकमा पहिलो दिन ४ हजार ५१९ जनाले लगाए जेईविरुद्धको खोप

दमकमा पहिलो दिन ४ हजार ५१९ जनाले लगाए जेईविरुद्धको खोप

दमक । दमक नगरपालिकामा जापानी इन्सेफ्लाइटिस (JE) विरुद्धको खोप अभियानको पहिलो दिन ४ हजार ५१९ जनाले खोप लगाएका छन्। असोज ५ गतेदेखि सुरु भएको अभियानमा ३० वर्षमाथिका नागरिकलाई लक्षित गरिएको छ।पहिलो दिन खोप लगाउनेमा २ हजार ४९४ महिला र २ हजार २५ पुरुष रहेका छन्। यो लक्षित जनसंख्याको ८.२ प्रतिशत हो। दमकमा ३० वर्षमाथिका करिब ५५ हजार ३४४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ।वडागत रूपमा दमक–१ मा ५६९, वडा नं. २ मा २०९, वडा नं. ३ मा ५३२, वडा नं. ४ मा ४१८, वडा नं. ५ मा ६०५, वडा नं. ६ मा ४५६, वडा नं. ७ मा ४९१, वडा नं. ८ मा ३८१, वडा नं. ९ मा ५८१ र वडा नं. १० मा २७७ जनाले पहिलो दिन खोप लगाएका छन्।पहिलो दिन सबैभन्दा धेरै दमक–५ मा ६०५ जना र सबैभन्दा कम दमक–२ मा २०९ जनाले खोप लगाएका छन्।नगरपालिकाले अभियानका लागि सबै वडामा छुट्टाछुट्टै खोप केन्द्र तोकेको छ। असोज ५ गतेदेखि १२ गतेसम्म सम्बन्धित वडाले तोकेको स्थान र मितिअनुसार खोप लगाउने व्यवस्था गरिएको छ। अधिकांश केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ भने दमक–६ मा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ।लक्षित समूहमा पर्ने नागरिकलाई आफ्नो टोलका लागि तोकिएको खोप केन्द्रमा उपस्थित भई खोप लगाउन नगरपालिकाले आग्रह गरेको छ।

२०८३ असोज ५ • आवर दमक
दमकमा असोज ५ गतेदेखि ३० वर्षमाथिकालाई जेई खोप, कुन वडामा कहाँ-कहाँ लगाइँदैछ?

दमकमा असोज ५ गतेदेखि ३० वर्षमाथिकालाई जेई खोप, कुन वडामा कहाँ-कहाँ लगाइँदैछ?

दमक । झापामा जापानी इन्सेफ्लाइटिस (JE) संक्रमण तथा यसबाट हुने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै दमक नगरपालिकाका विभिन्न वडामा जापानी इन्सेफ्लाइटिसविरुद्धको विशेष खोप अभियान सञ्चालन हुँदैछ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत दमकमा आगामी असोज ५ गतेदेखि ३० वर्षभन्दा माथिका नागरिकलाई जापानी इन्सेफ्लाइटिस (JE) विरुद्धको खोप लगाइने भएको हो। उपलब्ध विवरणअनुसार दमकमा ३० वर्षमाथिका ५६ हजार ७२८ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ। दमक नगरपालिकाका विभिन्न वडा कार्यालय तथा स्वास्थ्य संस्थाले खोप केन्द्र, मिति, समय र सम्बन्धित टोल विकास संस्थाको विवरण सार्वजनिक गरेका छन्। आफ्नो टोलका लागि तोकिएको मिति र स्थानमा उपस्थित भएर लक्षित समूहका नागरिकले खोप लगाउन सक्नेछन्। दमकका कुन वडामा कहाँ-कहाँ लगाइँदैछ खोप? वडा नम्बर सि.न मिति स्थान थप जानकारीका लागि वडा नम्बर १ १ असोज ५ दमक नगरपालिका भवन कमला पौडेल ९८४२६८८६१२ २ असोज ६ हिमालय टोलबिकास संस्था भवन ३ असोज ७ सुनौलोटोल (कुमार श्रेष्ठको घर) ४ असोज ८ रवि ट्याक्सी स्टेण्ड ५ असोज ९ दुर्गा मन्दिर ६ असोज १० प्रजिता बोर्डिङ ७ असोज ११ दमक नगरपालिका भवन वडा नम्बर २ १ असोज ५ बाल बिकाश र खरायो कटेज देवी प्रसाद काफ्ले -९८४२६५१२८८बन्दना पोखरेल -९८४३४०५३८१ २ असोज ६ भाडगबारी[श्याम आचार्यको घर] र पाङ्गमी चोक ३ असोज ७ नेपाल आर्दश बोर्डिंग र गणेश राईको घर ४ असोज ८ सरस्वती मा. बि र सिंहदेवी मन्दिर ५ असोज ९ त्रिपुरेश्वर मन्दिर र सनराइ्ज बोर्डिंग ६ असोज १० आम्दा आस्पताल र बाल आश्रम ७ असोज ११ समाज सुधार र आधारभूत स्वास्थ्य केन्द्र[वडा कार्यालय] वडा नम्बर ३ १ असोज ५ जनजागृति भवन र रामचन्द्र मन्दिर चन्द्रकला ढकाल (९८४२६८७९३५),यमुना सिटौला (९८६२७६२११८)रञ्जना नेपाल (९८४२२९९६०९),बिजुना भट्टराई (९८४९७४२९३६) २ असोज ६ भ्यू टावर र लक्ष्मी नारायण मन्दिर ३ असोज ७ शिवालय मन्दिर, गोलाटार र बालकेन्द्र, उज्यालो टोल ४ असोज ८ शिवालय मन्दिर बेलडाँगी र साधुथान ५ असोज ९ जालपा मन्दिर र राधा कृष्ण मन्दिर ६ असोज १० आधारभूत स्वा. केन्द्र-३ र नगर स्वा. केन्द्र-३ ७ असोज १२ आधारभूत स्वा. केन्द्र-३ र नगर स्वा. केन्द्र-३ वडा नम्बर ४ १ असोज ५ दुर्गा मन्दिर, नमुना टोल र पुरानो वडा कार्यालय धर्मेन्द्र रिमाल ९८४२६५१२८९अनिता बस्नेत ९८४९१११२९८ २ असोज ६ आस्था कलेज र विग्रोदय आ.वि.अडियामाल ३ असोज ७ कृष्ण मा०वि०,कृष्णमन्दिर र बाल केन्द्र, वगान ४ असोज ८ दुर्गा दाहालको घर,संगम चोक र तारावारी आ.वि. ५ असोज ९ महाराजथान, टुकुरे र दुर्गा मन्दिर ६ असोज १० सि.एम.ए क्याम्पस ७ असोज ११ आधारभूत स्वास्थ्य केन्द्र ४ ८ असोज १२ आधारभूत स्वास्थ्य केन्द्र ४ वडा नम्बर ५ १ असोज ५ जेष्ठ नागरिक सम्मान प्रतिष्ठान लुना दाहाल ९८४४६५४२७०,विनिता न्यौपाने ९८४२६५१३६० २ असोज ६ दिपिनी आधारभूत विद्यालयको भवन ३ असोज ७ दिपिनी आधारभूत विद्यालयको भवन ४ असोज ८ धनेश्वर सहकारीको भवन, क्याम्पसमोड ५ असोज ९ धनेश्वर मन्दिरको सभाहल ६ असोज १० मोडल क्याम्पसको भवन ७ असोज ११ वडा कार्यालय दमक-५ ८ असोज १२ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-५ वडा नम्बर ६ १ असोज ५ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ चेतन निरौला ९८४२६४९१३२ ,सदिक्षा ओली ९८१४९५६७७६ २ असोज ६ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ ३ असोज ७ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ ४ असोज ८ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ ५ असोज ९ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ ६ असोज १० आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ ७ असोज ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ वडा नम्बर ७ १ असोज ५ पौडेल भवन भिमा भट्टराई ९८५२६२६७२० २ असोज ६ पृथ्वी स्कुल, राधाकृष्णा मन्दिर ३ असोज ७ संरक्षण टोल, तिनकुने ४ असोज ८ मानव धर्म टोल, ५ असोज ९ वडा कार्यालय दमक-७ ६ असोज १० आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-७ वडा नम्बर ८ १ असोज ५ वडा कार्यालय दमक-८ लोक नाथ गौतम ९८४२६७३७०५,प्रभा राई ९८४९२२३६९३ २ असोज ६ वडा कार्यालय दमक-८ ३ असोज ७ वडा कार्यालय दमक-८ ४ असोज ८ रघुनाथ खरेलको घर, बिरान टोल ५ असोज ९ योगेन्द्र संग्रौलाको घर, बसन्त टोल ६ असोज १० गणेश मन्दिर, शुभलक्ष्मि टोल, ७ असोज ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-८ वडा नम्बर ९ १ असोज ५ सरस्वती माध्यमिक बिद्यालय जयमन्त पण्डित ९८०१९०८९५५,कृष्णणा भण्डारी ९८४२६४८११२ २ असोज ६ शुभकिरण MONTESHORI (क्याम्पस मोड) ३ असोज ७ ९ न. वडा कार्यालय ४ असोज ८ बाल बिकाश केन्द्र (झरना टोल) ५ असोज ९ महालक्ष्मी प्रा.बि. ६ असोज १० धिमाल ग्रामथान (सानो अर्नखाडी) ७ असोज ११ शिवमन्दिर (बुद्ध चोक) ८ असोज १२ शहरी स्वास्थ्य केन्द्र दमक - ९ वडा नम्बर १० १ असोज ५ सिंहदेवी देवस्थल मन्दिर सभाहल मेलिना घिमिरे ९८४२६७७९०४,सबिना भट्टराइ ९८१५९९३६०२ २ असोज ६ पशुपति अधारभुत विद्यालय ३ असोज ७ रमेश धमलाको घर, नलबारी ४ असोज ८ सेतुमारी खोप केन्द्र ५ असोज ९ राधाकृष्ण मन्दिर ६ असोज ११ नलबारी ग्रामथान ७ असोज १२ नगर स्वास्थ्य केन्द्र १० दमक–२ मा १४ स्थानमा खोप केन्द्र दमक नगरपालिका वडा नं. २ ले सार्वजनिक गरेको सूचनाअनुसार असोज ५ गतेदेखि ११ गतेसम्म विभिन्न स्थानमा खोप अभियान सञ्चालन हुनेछ। सि.नं. मिति स्थान टोलहरू १ २०८३/६/५ बाल विकश सगरमाथा, त्रिवेणी, हिमशिखर, सयपत्री, मखमली २ २०८३/६/५ खरायो कटेज प्रगतिशील, नवाजीवन, फूलबारी, तेर्हथुमे, पुर्वाधार ३ २०८३/६/६ भाडगबारी[श्याम आचार्यको घर] मिलन, हिमाल, इन्द्रेणी, संयुक्त, भाडगबारी ४ २०८३/६/६ पाङ्गमी चोक सिपिनी, कन्काई, शान्ति, हिमाली, समावेशी, खरखरे समावेशी, सिरेटो लगनशील ५ २०८३/६/७ नेपाल आर्दश बोर्डिंग अरनिको, आदर्श, सफलता, लालिगुरास ६ २०८३/६/७ गणेश राईको घर सुर्यदय, सादुटोल, भालुकुड्डी, बेलडागी ७ २०८३/६/८ सरस्वती मा. बि शिवालय, चन्द्रसूर्य, देविथान, आफन्त, सरस्वती, एभरेस्ट ८ २०८३/६/८ सिंहदेवी मन्दिर सिंहदेवी, गुम्बा चोक, सिंहबाहिनी, हिमालय ९ २०८३/६/९ त्रिपुरेशवोर मन्दिर त्रिपुरेशवोर, उज्यालो, बिहामी १० २०८३/६/९ सनराइ्ज बोर्डिंग जिरायत, नया जिरायत, प्रगतीशील, पाउ पाथीभरा, परिवर्तन जिरायत, सरस्वती टोल चौतारी ११ २०८३/६/१० आम्दा आस्पताल सुनाखरी, जनमत, माता पाथीभरा, सृजनशील, नवसिर्जना, सानो खरखारे, फूलबारी १२ २०८३/६/१० बाल आश्रम संगम, सिर्जना, साजा फूलबारी, नबिन टोल १३ २०८३/६/११ समाज सुधार सहयोगी, बिरेन्द्र स्मृति, देविथान, नमुना, पाथीभरा १४ २०८३/६/११ आधारभूत स्वास्थ्य केन्द्र [वडा कार्यालय] कञ्चनजंगा, रमाइलो, मिलडाडा, व्यवसायिक, गजकाली दमक–३ मा १४ स्थानमा खोप केन्द्र दमक नगरपालिका वडा नं. ३ ले सार्वजनिक गरेको सूचनाअनुसार असोज ५ गतेदेखि १२ गतेसम्म विभिन्न स्थानमा खोप अभियान सञ्चालन हुनेछ। यहाँ खोपको समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। मिति खोप केन्द्र समेटिने टोल विकास संस्था असोज ५ जनजागृति भवन संगम, काबेली, जनता, प्रगति, बेतना असोज ५ रामचन्द्र मन्दिर पशुपति, पुलचोक, त्रिबेणी, पाथीभरा, अरुणोदय, कञ्चनजङ्घा, किसान असोज ६ भ्यू टावर तिनघेरे, द्वारा, दापगाछि, नवज्योति असोज ६ लक्ष्मी नारायण मन्दिर जम्बुझार, विहानी, शान्ति, मिलिजुली असोज ७ शिवालय मन्दिर, गोलाटार पाथीभरा, जीवनज्योति, गृहलक्ष्मी, जनज्योति, सिंहदेवी, नमुना असोज ७ बालकेन्द्र सिताराम, खजुरगच्छी, उज्यालो, हिमाली असोज ८ शिवालय मन्दिर, बेलडाँगी पिपिरे, पिपिरे जागरण, जमुना, उद्यमी, सुनौलो, सुन्दर असोज ८ साधुथान दिपज्योति, लालीगुराँस, कोपिला, चुलाचुली असोज ९ जालपा मन्दिर प्रगति, हिमाली, दुम्से, नवजागरण, चुलाचुली असोज ९ राधाकृष्ण अन्धाराजा, दुधे, दुधे समृद्धि, ॐ शान्ति, चेतना, सूर्यलक्ष्मी असोज १० आधारभूत स्वास्थ्य केन्द्र-३ महाराज थान, बुढाठाकुर, सिर्जना, अमरज्योति, सगरमाथा, अन्नपूर्ण असोज १० नगर स्वास्थ्य केन्द्र-३ आमचोक, डिएपि, सूर्यज्योति, सयपत्री, प्रभात किरण, वरगाछि, शान्ति, बाघखोर, नवकिरण, सगरमाथा, सूर्य, बुद्ध असोज १२ आधारभूत स्वास्थ्य केन्द्र-३ महाराज थान, बुढाठाकुर, सिर्जना, अमरज्योति, सगरमाथा, अन्नपूर्ण असोज १२ नगर स्वास्थ्य केन्द्र-३ आमचोक, डिएपि, सूर्यज्योति, सयपत्री, प्रभात किरण, वरगाछि, शान्ति, बाघखोर, नवकिरण, सगरमाथा, सूर्य, बुद्ध वडा नं. ३ को खोप समय: बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म। दमक–५ मा ८ दिन, विभिन्न ७ खोप केन्द्र दमक नगरपालिका वडा नं. ५ ले सार्वजनिक गरेको तालिकाअनुसार असोज ५ गतेदेखि १२ गतेसम्म विभिन्न स्थानमा खोप केन्द्र सञ्चालन हुनेछ। यहाँ खोपको समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। मिति खोप केन्द्र समेटिने टोल विकास संस्था असोज ५ ज्येष्ठ नागरिक सम्मान  प्रतिष्ठानको भवन मनकामना, सुन्दर, भुकुटी, सज्जन, बुद्ध, बुद्धशान्ति, शान्ति, एकता, शान्तिभूमि, ज्येष्ठ नागरिक असोज ६ दिपिनी आधारभूत विद्यालयको भवन दिपज्योती, सयपत्री, हरिओम कोलोनी, लक्ष्मी नारायण, मेलमिलाप, हातेमालो, यलम्बर, ओम शान्ति, दिपिनी, आनन्द, पारीजात, शान्ति दिपिनी, बानेश्वर, सहकार्य, इन्द्रेणी, हिमशिखर असोज ७ दिपिनी आधारभूत विद्यालयको भवन प्रशान्ति, जागुती, कन्काई, त्रिवेणी, आदर्श, नमुना, सुधार, बानेश्वर हाइट, विकास, गोर्खाली, नविन, अनाम असोज ८ धनेश्वर सहकारीको भवन, क्याम्पस मोड नारायण, आरती, सुनाखरी, शिखर, मुनाल, उन्नति, नवसृजना, पारुहाड, नारायण गोपाल, विहानी, हाम्रो सगरमाथा, लालीगुराँस असोज ९ धनेश्वर मन्दिरको सभाहल सगरमाथा, धनेश्वर, कञ्चन, जलदेवी, देवीथाने, डाँडा असोज १० मोडल क्याम्पसको भवन चाँदनी, आकाशगंगा, समावेशी, मोडल, हरियाली, पृथ्वी, दाजुभाई, सुन्दर समाज, सृजना, चन्द्रसूर्य मोडल, संगम असोज ११ वडा कार्यालय, दमक-५ उज्यालो, खरखरे, रमाइलो, प्रगती, श्रीजंगा असोज १२ आधारभूत स्वास्थ्य कार्यालय, दमक-५ छुट भएका सम्पूर्ण लक्षित व्यक्ति वडा नं. ५ को खोप समय: बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म। दमक–६ मा आधारभूत स्वास्थ्य केन्द्रबाट खोप दमक नगरपालिका वडा नं. ६ मा असोज ५ गतेदेखि ११ गतेसम्म आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ मा जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन हुनेछ। वडाले टोल विभाजन गरी प्रत्येक दिन फरक–फरक टोल विकास संस्थालाई समेटेको छ। मिति खोप केन्द्र समेटिने टोल विकास संस्था असोज ५ आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ सूर्योदय, भुकुटी, सन्तविर, लेखनाथ, महाविर असोज ६ आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ सगरमाथा, सुनौलो, बसपार्क, थानालाईन, नमुना असोज ७ आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ अनमोल, पाथीभरा, पशुपति, लिंगदेना मार्ग, सिटी सेन्टर असोज ८ आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ कस्तुरी, देवकोटा, दाङ्नेगढी, वीसी मार्ग, शान्तिमाग असोज ९ आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ प्रतिभा, भगवान, जुट विकास, राधाकृष्ण, रानी असोज १० आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ गुराँस, नगरज्योती, बीपी मार्ग, फूलबारी, नवसृजना असोज ११ आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ खोप लगाउन छुटेका सम्पूर्ण लक्षित समूह वडा नं. ६ को खोप समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म। नोट: खोप लगाउन जानुअघि आफ्नो सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग आफ्नो लक्षित समूह, खोप केन्द्र र समयसम्बन्धी पछिल्लो जानकारी सुनिश्चित गर्नुहोस्।

२०८३ असोज २ • आवर दमक
दमकमा राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम निःशुल्क

दमकमा राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम निःशुल्क

दमक । इलाका प्रशासन कार्यालय दमकले राहदानी तथा राष्ट्रिय परिचयपत्रका लागि अनलाइन फाराम भर्न सेवाग्राहीलाई निःशुल्क सहजीकरण गर्न सुरू गरेको छ ।कार्यालयले बुधबारदेखि राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि कार्यालयबाटै निःशुल्क फाराम भरिदिने सेवा सुरू गरेको हो ।यससँगै कार्यालय आसपास खुलेका विभिन्न सेवा केन्द्रमा पुगेर अनलाइन फाराम भरेबापत शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य भएको कार्यालयले जनाएको छ । यसअघि कतिपय सेवाग्राहीले फाराम भर्नका लागि बाहिरका व्यक्तिलाई शुल्क तिर्ने गरेका थिए । एक सय रुपियाँ शुल्क लिएर फाराम भरिने गरिएको थियो । इलाका प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘अब उप्रान्त अनलाइन फाराम भर्नका लागि बाहिरका अनधिकृत व्यक्तिहरूलाई कुनै शुल्क बुझाउनु पर्ने छैन।’ इलाका प्रशासन कार्यालय दमकका प्रमुख विश्वराज नेपालले निःशुल्क फाराम भर्ने व्यवस्था गत बुधबारदेखि सुरू गरिएको जनाउनुभयो ।उहाँका अनुसार अनलाइन फाराम भर्न सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । फाराम भर्ने क्रममा समस्या भए कार्यालयमै आएर कर्मचारीको सहयोग लिन सकिने उहाँले जानकारी दिनुभयो ।सेवाग्राहीले चाहेमा आवश्यक विवरण भरेर आफैँ अनलाइन फाराम तयार गरी कार्यालयमा ल्याउनसमेत सक्ने कार्यालय प्रमुख नेपालले बताउनुभयो । 

२०८३ भदौ २७ • आवर दमक
दमकमा अन्तरविद्यालय गायन प्रतियोगिता सम्पन्न

दमकमा अन्तरविद्यालय गायन प्रतियोगिता सम्पन्न

दमक/ ६२ औँ बाल दिवसको अवसर पारेर दमक नगर बाल सञ्जालको आयोजना र दमक नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरीय अन्तरविद्यालय गायन प्रतियोगिता सम्पन्न भएको छ। दमक–६ स्थित पशुपति मन्दिरको सभाहलमा आयोजित प्रतियोगितामा नगरपालिका क्षेत्रभित्रका २७ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।बाबालिकामा निहित गायन प्रतिभा प्रस्फुटन गराउने र उनीहरूलाई आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा लालिगुराँस इङ्लिस स्कुलका विद्यार्थी रिदम बस्नेत प्रथम भएका छन्। त्यस्तै, पूर्वाञ्चल मोन्टेसरी स्कुलकी सृजिता गोस्वामी द्वितीय, ग्लोबल स्कुलका सक्षम बस्नेत तृतीय र हिमालय माध्यमिक विद्यालयकी अमिरा विन्दु काफ्ले चतुर्थ भएका छन्।नगर बाल सञ्जालका अध्यक्ष दिवस वाग्लेको सभापतित्व तथा दमक नगरपालिकाकी नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उपप्रमुख प्रसाईंले ब्यानर वाचन गरेर गर्नुभएको थियो।कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएको यस प्रतियोगितामा प्रतिस्पर्धीहरूले मौलिक नेपाली लोकभाकाका गीतहरू प्रस्तुत गरेका थिए। प्रतियोगितामा प्रत्येक विद्यालयबाट एक जना विद्यार्थीले मात्र भाग लिएका थिए।कार्यक्रममा दमक नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सरिता भण्डारी, महिला विकास अधिकृत जमुना पौडेल, बिर्तामोड नगर बाल सञ्जालका उपाध्यक्ष इशान्त भट्टराई लगायत नगर बाल सञ्जालका पूर्वपदाधिकारी तथा सदस्यहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन दमक नगर बाल सञ्जालकी सदस्य श्रीबिना राईले गरेकी थिइन्।

२०८३ भदौ २५ • आवर दमक
हम्सेदुम्से सामुदायिक वन क्षेत्रबाट ठूलो परिमाणमा सखुवाको काठ बरामद

हम्सेदुम्से सामुदायिक वन क्षेत्रबाट ठूलो परिमाणमा सखुवाको काठ बरामद

दमकस्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्र हुँदै तस्करी भइरहेको आशंकामा बोलेरो भ्यानबाट ठूलो परिमाणमा सखुवाको काठ बरामद गरिएको छ। हम्सेदुम्से सामुदायिक वनका नवनिर्वाचित अध्यक्ष युवराज दङ्गालको नेतृत्वमा स्थानीयले निगरानी गर्ने क्रममा भ्यानबाट ८ फुटे र ६ फुटे आकारका गरी ५० भन्दा बढी फेन्टा सखुवाको काठ बरामद गरिएको जनाइएको छ। काठ नियन्त्रणमा लिने क्रममा मधुमल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार सन्तोष पाण्डे पनि सोही स्थानमा रहेको स्थानीयले बताएका छन्। उनको उपस्थितिलाई लिएर स्थानीयले शंका व्यक्त गरेपछि केही समय हल्लाखल्ला भएको र त्यसपछि पाण्डे त्यहाँबाट बाहिरिएको स्थानीयको भनाइ छ। बरामद गरिएको काठ तथा घटनाबारे सम्बन्धित प्रहरी र वन कार्यालयबाट आधिकारिक पुष्टि तथा थप अनुसन्धान हुन बाँकी छ। काठ कहाँबाट ल्याइएको हो र घटनामा को–को संलग्न छन् भन्ने विषय अनुसन्धानपछि खुल्नेछ।

२०८३ भदौ २४ • आवर दमक
३४ वर्षमा पनि अधुरै दमक–चिसोपानी सडक, स्थानीयलाई सास्ती

३४ वर्षमा पनि अधुरै दमक–चिसोपानी सडक, स्थानीयलाई सास्ती

दमक | झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा पनि पूर्णरुपमा कालोपत्र हुन सकेको छैन। २०४९ सालमा निर्माण सुरु गरिएको यो सडक झापा, इलाम र पाँचथर जोड्ने महत्वपूर्ण मार्ग भए पनि लामो समयदेखि अधुरै रहँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।दमकको जिरो प्वाइन्टदेखि चिसोपानी पञ्चमीसम्म करिब ३३ किलोमिटर सडक रहेकामा हालसम्म करिब साढे पाँच किलोमिटर मात्र कालोपत्र भएको छ। करिब एक किलोमिटर सडक कालोपत्रको चरणमा छ भने बाँकी अधिकांश सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ।सडकको अवस्था वर्षायाममा झनै दयनीय बन्ने गरेको स्थानीय बताउँछन्। लगातारको वर्षाका कारण ठाउँठाउँमा खाल्डाखुल्डी पर्नुका साथै सडकमा पानी जम्ने र हिलो हुने भएकाले यात्रु तथा सवारीसाधनलाई आवतजावतमा कठिनाइ हुने गरेको छ। दैनिक सयौँ मालवाहक तथा यात्रुवाहक सवारीसाधन यही सडक भएर सञ्चालन हुने गरेका छन्।माङसेबुङ–३ का निवर्तमान वडाध्यक्ष मैतराज राईका अनुसार वर्षायाममा मोटरसाइकलसमेत सञ्चालन गर्न कठिन हुन्छ भने हिउँदमा धुलोका कारण सडक आसपासका बासिन्दा प्रभावित हुने गरेका छन्। सडक निर्माणको ट्रयाक खोल्ने क्रममा आफूहरुले समेत श्रमदान गरेको स्मरण गर्दै उहाँले तीन दशकभन्दा बढी समय बित्दा पनि सडक पूरा नहुनु दुःखद भएको बताउनुभयो।दमक–चिसोपानी सडक पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। यस मार्ग हुँदै तीनथुम्बे र माङमालुङ डाँडा, गजुरमुखी धाम, सहिद रत्नकुमार वान्तवा सहादतस्थल तथा किरात धर्मावलम्बीको महत्वपूर्ण धार्मिक केन्द्र लारुम्बा पुग्न सकिन्छ। सडकको अवस्था कमजोर हुँदा पर्यटक तथा धार्मिक स्थलमा जाने यात्रुलाई समेत समस्या हुने गरेको स्थानीयको भनाइ छ।सडक निर्माण पूरा नहुँदा माङसेबुङ, फाकफोकथुम, देउमाई तथा पाँचथरका मिक्लाजुङ, फाल्गुनन्द, तम्बेवा र कुम्मायक क्षेत्रका नागरिकलाई झापा आवतजावत गर्न कठिनाइ छ। कृषि उत्पादन बजारसम्म पुर्‍याउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत समस्या हुने गरेको छ।ठेक्का लागे पनि काम अधुरैसडकको पहिलो खण्डअन्तर्गत दमकको जिरो प्वाइन्टदेखि मार्चेबुङसम्म ६ दशमलव २९ किलोमिटर सडक कालोपत्र गर्न २०७५ साउन २९ गते महालक्ष्मी–किरातेश्वर जेभीसँग ठेक्का सम्झौता भएको थियो। ३० महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि आठ वर्ष बित्दा करिब साढे पाँच किलोमिटर मात्र कालोपत्र भएको छ।२२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा भएको उक्त ठेक्काको म्याद पटकपटक थपिए पनि काम पूरा हुन सकेन। अन्तिमपटक थपिएको म्याद २०८० असार मसान्तमै सकिएको हो। अहिले ठेकेदार कम्पनीले दैनिक जरिवानामा काम गरिरहेको सडक डिभिजन दमकका प्रमुख इन्जिनियर श्यामकुमार यादवले बताउनुभयो। उहाँका अनुसार अब करिब एक किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ।यसैगरी सडकको दोस्रो १५ किलोमिटर र तेस्रो ११ किलोमिटर खण्ड निर्माण तथा कालोपत्रका लागि लुम्बिनी–गणपति जेभीसँग ठेक्का सम्झौता भएको थियो। दुवै खण्डको काम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि म्याद थपिएको थियो। थपिएको अवधिमा दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा करिब २८ प्रतिशत काम भएपछि ठेकेदार कम्पनीले काम छाडेको थियो।काम रोकिएपछि सरकारले २०८० चैत १३ गते लुम्बिनी–गणपति जेभीसँगको ठेक्का सम्झौता रद्द गरी बैंक ग्यारेन्टी जफत गरेको थियो। त्यसविरुद्ध कम्पनीले अदालतमा मुद्दा दायर गरे पनि उच्च अदालत पाटनले रिट खारेज गरिदिएको थियो। जिल्ला अदालत झापाबाट भने विवाद मध्यस्थतामार्फत समाधान गर्न आदेश भएको सडक डिभिजनले जनाएको छ।नयाँ ठेक्काबाट काम अघि बढाउने तयारीपुरानो ठेक्का रद्द भएपछि सरकारले दमक–चिसोपानी सडकको बाँकी करिब २६ किलोमिटर कालोपत्रका लागि गत असार ५ गते नयाँ ठेक्का आह्वान गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ बाटै निर्माण सुरु गर्ने तयारी रहेको सडक डिभिजन दमकका प्रमुख इन्जिनियर यादवले बताउनुभयो।नयाँ ठेक्काका लागि १९ वटा निर्माण कम्पनीले प्रस्ताव पेस गरेका छन्। अहिले प्राविधिक प्रस्तावको मूल्याङ्कन भइरहेको र त्यसपछि आर्थिक प्रस्ताव खोलिने जनाइएको छ। संघीय सरकारले सडक निर्माणका लागि एक अर्ब ६४ करोड रुपैयाँको स्रोत सहमति दिएको छ भने चालु आर्थिक वर्षका लागि १२ करोड रुपैयाँ विनियोजन भएको छ।वर्षौंदेखि सडक निर्माणको आश्वासन पाउँदै आएका स्थानीय भने नयाँ ठेक्कापछि यसपटक सडक निर्माणले गति लिनेमा आशावादी छन्। माङसेबुङ–२ का मिलन लिम्बूले लामो समयदेखि सडक बन्ने आश्वासन मात्र पाउँदै आएको बताउँदै अब निर्माण कार्यलाई निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने बताउनुभयो।वर्षाका कारण हेभी सवारीमा रोकवर्षाका कारण सडक क्षतिग्रस्त भएपछि माङसेबुङ गाउँपालिकाले सडकको आफ्नो क्षेत्रमा हेभी मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। ट्रक, टिप्पर, ट्रेलर तथा अन्य भारी क्षमताका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ। अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई भने रोक नलगाइएको जनाइएको छ।सडक मर्मतसम्भारका लागि इलामका माङसेबुङ र फाकफोकथुम तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकाले संयुक्त रुपमा काम सुरु गरेका छन्। माङसेबुङले १५ लाख, फाकफोकथुमले सात लाख र मिक्लाजुङले आठ लाख रुपैयाँ गरी कुल ३० लाख रुपैयाँको लागतमा सडक मर्मत भइरहेको छ।माङसेबुङ–३ भञ्ज्याङदेखि माङसेबुङ–२ को माङबालुङसम्मका बढी समस्याग्रस्त स्थानमा खाल्डाखुल्डी पुर्ने र ग्राभेल गर्ने काम भइरहेको छ। स्थानीयका अनुसार सडक स्तरोन्नति भएर नियमित रुपमा सञ्चालनमा आए झापा, इलाम र पाँचथरका हजारौँ नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ। सडक निर्माण सम्पन्न भए यस क्षेत्रको व्यापार, पर्यटन र कृषि गतिविधिमा समेत उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।दमक–चिसोपानी सडक निर्माण सुरु भएको तीन दशकभन्दा बढी समय बितिसकेको छ। पटकपटक ठेक्का लाग्ने, म्याद थपिने र काम रोकिने क्रम दोहोरिँदै आएको यो सडक अब नयाँ ठेक्कामार्फत कहिलेसम्म पूर्ण हुन्छ भन्ने विषय स्थानीयका लागि मुख्य चासो बनेको छ।स्रोत: रासस

२०८३ भदौ ३ • आवर दमक