Faces Of Damak

Faces of Damak is an Our Damak series highlighting the people, talents and stories that make Damak special. From creators and artists to entrepreneurs, athletes and changemakers, we introduce the faces shaping the city in their own way.

दमकबाट राष्ट्रिय मञ्चसम्म: नेपाली क्रिकेटका अलराउन्डर तथा प्रशिक्षक सुजन थपलियाको प्रेरणादायी कथा

दमकबाट राष्ट्रिय मञ्चसम्म: नेपाली क्रिकेटका अलराउन्डर तथा प्रशिक्षक सुजन थपलियाको प्रेरणादायी कथा

शिवसताक्षी–४, झापामा जन्मिएर हुर्किएका र हाल दमकलाई कर्मथलो बनाएका क्रिकेटर तथा प्रशिक्षक सुजन थपलिया नेपाली क्रिकेटका एक परिचित नाम हुन्।सुजनले विभिन्न प्रतिस्पर्धी स्तरमा नेपालको प्रतिनिधित्व गर्नुका साथै भारतका धेरै क्रिकेट प्रतियोगिताहरूमा पनि आफ्नो खेल कौशल प्रदर्शन गरिसकेका छन्। उनी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा विराटनगर किङ्सको टोलीमा आबद्ध थिए भने एनपिएल तेस्रो संस्करणका लागि पनि सोही फ्रान्चाइजीले उनलाई पुनः अनुबन्ध गरेको छ।घरेलु क्रिकेटमा उनको प्रदर्शन अत्यन्तै तारिफयोग्य छ। प्रधानमन्त्री कपको एक महत्वपूर्ण खेलमा बलियो नेपाल पुलिस क्लबविरुद्ध उत्कृष्ट १०४ रनको शतकीय पारी खेल्नु उनको घरेलु करियरको एक टर्निङ पोइन्ट बनेको थियो। उनी नेपालको २०२३–२४ को घरेलु सिजनमा शीर्ष पाँच रन बनाउने ब्याट्सम्यानहरूको सूचीमा समेत पर्न सफल भएका थिए।सन् २०२४ देखि उनी राष्ट्रिय बन्द प्रशिक्षण क्याम्प, राष्ट्रिय टिम क्याम्प, नेपाल ‘ए’ टिम क्याम्प र ब्याटिङ क्लिनिक क्याम्प लगायत विभिन्न राष्ट्रिय स्तरका क्रिकेट क्याम्पहरूमा नियमित रूपमा सहभागी हुँदै आएका छन्। उनले सन् २०२४ को घरेलु श्रृंखलामा क्यानडाविरुद्ध नेपाल ‘ए’ बाट प्रभावशाली प्रदर्शन गरे भने सन् २०२५ मा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाल ब्लूको प्रतिनिधित्व गरे। हाल उनी कोशी प्रदेश क्रिकेट टोलीको कप्तानको रूपमा जिम्मेवारी सम्हाल्दै युवा टिमलाई नेतृत्व गरिरहेका छन्।खेलमैदानको व्यस्ततापछि पनि सुजनको अर्को ठूलो पाटो भनेको युवा पुस्तालाई तयार गर्नु हो। दमक–२ स्थित हिमालयन क्रिकेट एकेडेमीमा प्रशिक्षकको भूमिका निभाउँदै उनले उदीयमान खेलाडीहरूलाई खेलको प्राविधिक ज्ञान, अनुशासन, आत्मविश्वास र मानसिक दृढता सिकाइरहेका छन्।नेपालको प्रतिनिधित्व गर्नेदेखि एनपिएल खेल्ने, राष्ट्रिय क्याम्पहरूमा आफ्नो स्थान सुरक्षित गर्ने, कोशी प्रदेशको कप्तानी सम्हाल्ने र नयाँ पुस्ताका खेलाडीहरू उत्पादन गर्ने क्रममा सुजन थपलिया मैदानभित्र र बाहिर दुवैतर्फ नेपाली क्रिकेटको उन्नयनमा निरन्तर सक्रिय छन्।

२०८३ भदौ २८ • आवर दमक
From Building Apps to Teaching Students: Meet Damak’s Multitasking Tech Innovator Bhesraj Nepal

From Building Apps to Teaching Students: Meet Damak’s Multitasking Tech Innovator Bhesraj Nepal

Inspiring Youth: Bhesraj Nepal, Active in Teaching and Technology Alongside StudiesResident of Damak, Jhapa, Bhesraj Nepal is currently pursuing his Master’s studies while staying actively involved in school teaching and the technology sector. With an interest in technology from an early age, he has developed various useful software and apps—including Hamro Khata and Yantra Utility Apps—and has also worked with international clients.Currently working as a Software & App Developer at Yantra Traders in Damak, he has contributed to developing solutions like School ERP Systems, Hardware Billing Systems, and Payroll & HR Management Systems.Balancing teaching and technology together, he shares: "Teaching is my passion. Sharing what I know with students makes knowledge even stronger, and it also gives me the opportunity to learn new things from them."By balancing studies, teaching, and technology all at once, Bhesraj has set an inspiring example for the younger generation.Keep Learning, Keep Building, Keep Inspiring!

२०८३ भदौ २८ • आवर दमक