बडादशैंको विजयादशमीका दिन झापामा १३ वटा सवारी दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। घाइतेमध्ये एक पुरुषको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा ७ महिला, ११ पुरुष, ४ बालिका र एक बालक घाइते भएका छन्।

प्रहरीका अनुसार १३ वटा दुर्घटनामा १९ वटा सवारीसाधन संलग्न थिए। तीमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन्। आठ वटा मोटरसाइकल दुर्घटनामा १३ वटा मोटरसाइकल संलग्न थिए।

त्यस्तै, बस एक, कार तथा जिप दुई र अटो टेम्पो दुई वटा दुर्घटनामा संलग्न रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।