समाचार
झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध, उल्लंघन गरे कारबाही
दमक। जिल्ला प्रशासन कार्यालय झापाले चाडपर्व, धार्मिक उत्सव, र्याली तथा मूर्ति विसर्जनका क्रममा चर्को आवाजमा डीजे बजाउन र सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि गर्न प्रतिबन्ध लगाएको छ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सूचना जारी गर्दै जिल्लामा धार्मिक सहिष्णुता, आपसी सद्भाव र शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षलाई आग्रह गरेका हुन्।प्रशासनले धार्मिक स्थलहरूअगाडि होहल्ला गर्ने, जुलुस रोक्ने, उत्तेजक प्रदर्शन गर्ने तथा अविरलगायतका सामग्री फ्याँकेर तनाव सिर्जना गर्ने गतिविधि नगर्न सचेत गराएको छ। साथै, धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा तोकिएको मार्ग र समयसीमा पालना गर्न आयोजकहरूलाई निर्देशन दिएको छ।चर्को आवाजमा डीजे बजाएर ध्वनि प्रदूषण गर्ने तथा सार्वजनिक शान्तिमा खलल पुर्याउने गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिइएको प्रशासनले जनाएको छ।सूचनाको उल्लंघन गरी प्रतिबन्धित गतिविधि गरेको पाइएमा आयोजक तथा सहभागी मात्र नभई डीजे व्यवसायी, उपकरणधनी र ढुवानीमा संलग्न सवारीसाधनका चालक तथा धनीलाई समेत प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।त्यस्तै, शोभायात्रा तथा मूर्ति विसर्जनमा मादक पदार्थ सेवन गरेर सहभागी नहुन र सामाजिक सञ्जालमार्फत भ्रामक सूचना तथा साम्प्रदायिक विद्वेष फैलाउने सामग्री प्रसार नगर्न पनि प्रशासनले आग्रह गरेको छ।जिल्लाको धार्मिक तथा सांस्कृतिक विविधताबीच कायम सद्भाव र सहअस्तित्व जोगाउन राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक अगुवा, व्यवसायी तथा सर्वसाधारणलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ।
विजयादशमीका दिन झापामा १३ दुर्घटना, २३ जना घाइते
बडादशैंको विजयादशमीका दिन झापामा १३ वटा सवारी दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। घाइतेमध्ये एक पुरुषको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।दुर्घटनामा ७ महिला, ११ पुरुष, ४ बालिका र एक बालक घाइते भएका छन्।प्रहरीका अनुसार १३ वटा दुर्घटनामा १९ वटा सवारीसाधन संलग्न थिए। तीमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन्। आठ वटा मोटरसाइकल दुर्घटनामा १३ वटा मोटरसाइकल संलग्न थिए।त्यस्तै, बस एक, कार तथा जिप दुई र अटो टेम्पो दुई वटा दुर्घटनामा संलग्न रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
बिर्तामोडको ग्यारेजमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु, तीन लाखको क्षति
झापा। झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान भएको आगलागीमा परी क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रारम्भिक विवरणअनुसार बिहान करिब ४ः१० बजे विद्युत् सर्ट भएर क्यान्टिनमा आगलागी भएको हो। प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४ः३० बजे आगो नियन्त्रणमा लिइएको थियो।आगलागीबाट क्यान्टिनका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार क्यान्टिनमा मात्रै करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।बडी ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्सको गोदाममा समेत सामान्य आगलागी भएको जनाइएको छ।प्रहरीका अनुसार घटनाबाट भएको थप क्षतिको विवरण संकलन भइरहेको छ भने आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ।
लिग–२ मा नेपालको लगातार दोस्रो जीत, ओमानमाथि शानदार जीत
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।अल अमिरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो ।नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो । ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाए । ४१ रनमा ६ विकेट गुमाएको ओमानका लागि शुक्ला र जे ओडेद्राले सातौँ विकेटका लागि ८३ रनको साझेदारी गरे ।नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले तीन–तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो । नेपालका रोहित पौडेलले ६१, अर्जुन कुमालले ४० तथा ईशान पाण्डे र बसिर अहमदले ३७–३७ रन बनाए । करण केसीले १६ बलमा आक्रामक ४० रन जोडे ।शृङ्खलाको पहिलो खेलमा नेपालले आइतबार क्यानडालाई २४ रनले हराएको थियो ।लगातार दुई जीतसँगै नेपालले लिग–२ मा ३४ खेलबाट २८ अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा छ । ओमान ३० खेलबाट ३३ अङ्कसहित चौथो र क्यानडा ३४ खेलबाट २५ अङ्कसहित सातौँ स्थानमा छन् ।लिग–२ को शीर्ष चारमा पुग्ने सम्भावना गुमाइसकेको नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन भने शीर्ष छभित्र रहनुपर्नेछ ।
स्थानीय तहको बलियो जनाधारसहित हुकुमसिंह राई कांग्रेस केन्द्रीय राजनीतिमा
झापाको क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसको जनाधार विस्तार गरेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। एमालेको प्रभाव क्षेत्र मानिने यस क्षेत्रमा उनले दुवै स्थानीय तह निर्वाचनमार्फत आफ्नो राजनीतिक आधार बलियो बनाएका छन्।२०७४ को स्थानीय तह निर्वाचनमा कमल गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै ८ हजार २ सय ७५ मत प्राप्त गरेका राईले २०७९ को निर्वाचनमा १२ हजार ८ सय ६८ मत ल्याएर विजयी भएका थिए। स्थानीय तहमा देखिएको यही चुनावी प्रदर्शनलाई उनको राजनीतिक आधारका रूपमा हेरिएको छ।नेपाल तरुण दलबाट राजनीतिक यात्रा सुरु गरेका उनी तरुण दल झापाको कार्यवाहक सभापति, कांग्रेस गाउँ सभापति र जिल्ला सदस्य हुँदै अहिले महासमिति सदस्य तथा कोशी प्रदेश समिति सदस्य छन्। कांग्रेसको १४औँ र १५औँ महाधिवेशनमा उनी झापा क्षेत्र नम्बर ५ बाट लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। पार्टीभित्र पुस्तान्तरणको बहस चलिरहँदा उनले विशेष महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्माको पक्षमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेस वृत्तमा चर्चा छ।स्थानीय तहमा विकास निर्माणका कामलाई प्राथमिकता दिएको दाबी गर्दै आएका राईले विपक्षी दलसँग प्रतिस्पर्धा गर्न सक्ने र स्पष्ट वक्ताको छवि बनाएका छन्। यही पृष्ठभूमीका आधारमा उनी कांग्रेसको आगामी १५औँ महाधिवेशनमा कोशी प्रदेशबाट आदिवासी जनजाति समूहअन्तर्गत केन्द्रीय सदस्य पदका आकांक्षी बनेका हुन्।स्थानीय निर्वाचनबाट स्थापित राजनीतिक पहिचानलाई केन्द्रीय तहमा पुर्याउने उनको प्रयासलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, केन्द्रीय राजनीतिमा उनको आगामी भूमिका महाधिवेशनको निर्वाचन परिणाम र पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले निर्धारण गर्नेछ।
संविधान दिवस तथा राष्ट्रिय दिवस आज मनाइँदै
नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ।सरकारले हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। दिवसका अवसरमा आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ।दिवसका अवसरमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल तथा विभिन्न संघसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गर्दैछन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुँदैछन्।२०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा भवनबाट नेपालको संविधान जारी भएको घोषणा गर्नुभएको थियो।
दमकमा असोज ५ गतेदेखि ३० वर्षमाथिकालाई जेई खोप, कुन वडामा कहाँ-कहाँ लगाइँदैछ?
दमक । झापामा जापानी इन्सेफ्लाइटिस (JE) संक्रमण तथा यसबाट हुने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै दमक नगरपालिकाका विभिन्न वडामा जापानी इन्सेफ्लाइटिसविरुद्धको विशेष खोप अभियान सञ्चालन हुँदैछ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत दमकमा आगामी असोज ५ गतेदेखि ३० वर्षभन्दा माथिका नागरिकलाई जापानी इन्सेफ्लाइटिस (JE) विरुद्धको खोप लगाइने भएको हो। उपलब्ध विवरणअनुसार दमकमा ३० वर्षमाथिका ५६ हजार ७२८ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ। दमक नगरपालिकाका विभिन्न वडा कार्यालय तथा स्वास्थ्य संस्थाले खोप केन्द्र, मिति, समय र सम्बन्धित टोल विकास संस्थाको विवरण सार्वजनिक गरेका छन्। आफ्नो टोलका लागि तोकिएको मिति र स्थानमा उपस्थित भएर लक्षित समूहका नागरिकले खोप लगाउन सक्नेछन्। दमकका कुन वडामा कहाँ-कहाँ लगाइँदैछ खोप? वडा नम्बर सि.न मिति स्थान थप जानकारीका लागि वडा नम्बर १ १ असोज ५ दमक नगरपालिका भवन कमला पौडेल ९८४२६८८६१२ २ असोज ६ हिमालय टोलबिकास संस्था भवन ३ असोज ७ सुनौलोटोल (कुमार श्रेष्ठको घर) ४ असोज ८ रवि ट्याक्सी स्टेण्ड ५ असोज ९ दुर्गा मन्दिर ६ असोज १० प्रजिता बोर्डिङ ७ असोज ११ दमक नगरपालिका भवन वडा नम्बर २ १ असोज ५ बाल बिकाश र खरायो कटेज देवी प्रसाद काफ्ले -९८४२६५१२८८बन्दना पोखरेल -९८४३४०५३८१ २ असोज ६ भाडगबारी[श्याम आचार्यको घर] र पाङ्गमी चोक ३ असोज ७ नेपाल आर्दश बोर्डिंग र गणेश राईको घर ४ असोज ८ सरस्वती मा. बि र सिंहदेवी मन्दिर ५ असोज ९ त्रिपुरेश्वर मन्दिर र सनराइ्ज बोर्डिंग ६ असोज १० आम्दा आस्पताल र बाल आश्रम ७ असोज ११ समाज सुधार र आधारभूत स्वास्थ्य केन्द्र[वडा कार्यालय] वडा नम्बर ३ १ असोज ५ जनजागृति भवन र रामचन्द्र मन्दिर चन्द्रकला ढकाल (९८४२६८७९३५),यमुना सिटौला (९८६२७६२११८)रञ्जना नेपाल (९८४२२९९६०९),बिजुना भट्टराई (९८४९७४२९३६) २ असोज ६ भ्यू टावर र लक्ष्मी नारायण मन्दिर ३ असोज ७ शिवालय मन्दिर, गोलाटार र बालकेन्द्र, उज्यालो टोल ४ असोज ८ शिवालय मन्दिर बेलडाँगी र साधुथान ५ असोज ९ जालपा मन्दिर र राधा कृष्ण मन्दिर ६ असोज १० आधारभूत स्वा. केन्द्र-३ र नगर स्वा. केन्द्र-३ ७ असोज १२ आधारभूत स्वा. केन्द्र-३ र नगर स्वा. केन्द्र-३ वडा नम्बर ४ १ असोज ५ दुर्गा मन्दिर, नमुना टोल र पुरानो वडा कार्यालय धर्मेन्द्र रिमाल ९८४२६५१२८९अनिता बस्नेत ९८४९१११२९८ २ असोज ६ आस्था कलेज र विग्रोदय आ.वि.अडियामाल ३ असोज ७ कृष्ण मा०वि०,कृष्णमन्दिर र बाल केन्द्र, वगान ४ असोज ८ दुर्गा दाहालको घर,संगम चोक र तारावारी आ.वि. ५ असोज ९ महाराजथान, टुकुरे र दुर्गा मन्दिर ६ असोज १० सि.एम.ए क्याम्पस ७ असोज ११ आधारभूत स्वास्थ्य केन्द्र ४ ८ असोज १२ आधारभूत स्वास्थ्य केन्द्र ४ वडा नम्बर ५ १ असोज ५ जेष्ठ नागरिक सम्मान प्रतिष्ठान लुना दाहाल ९८४४६५४२७०,विनिता न्यौपाने ९८४२६५१३६० २ असोज ६ दिपिनी आधारभूत विद्यालयको भवन ३ असोज ७ दिपिनी आधारभूत विद्यालयको भवन ४ असोज ८ धनेश्वर सहकारीको भवन, क्याम्पसमोड ५ असोज ९ धनेश्वर मन्दिरको सभाहल ६ असोज १० मोडल क्याम्पसको भवन ७ असोज ११ वडा कार्यालय दमक-५ ८ असोज १२ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-५ वडा नम्बर ६ १ असोज ५ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ चेतन निरौला ९८४२६४९१३२ ,सदिक्षा ओली ९८१४९५६७७६ २ असोज ६ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ ३ असोज ७ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ ४ असोज ८ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ ५ असोज ९ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ ६ असोज १० आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ ७ असोज ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ वडा नम्बर ७ १ असोज ५ पौडेल भवन भिमा भट्टराई ९८५२६२६७२० २ असोज ६ पृथ्वी स्कुल, राधाकृष्णा मन्दिर ३ असोज ७ संरक्षण टोल, तिनकुने ४ असोज ८ मानव धर्म टोल, ५ असोज ९ वडा कार्यालय दमक-७ ६ असोज १० आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-७ वडा नम्बर ८ १ असोज ५ वडा कार्यालय दमक-८ लोक नाथ गौतम ९८४२६७३७०५,प्रभा राई ९८४९२२३६९३ २ असोज ६ वडा कार्यालय दमक-८ ३ असोज ७ वडा कार्यालय दमक-८ ४ असोज ८ रघुनाथ खरेलको घर, बिरान टोल ५ असोज ९ योगेन्द्र संग्रौलाको घर, बसन्त टोल ६ असोज १० गणेश मन्दिर, शुभलक्ष्मि टोल, ७ असोज ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-८ वडा नम्बर ९ १ असोज ५ सरस्वती माध्यमिक बिद्यालय जयमन्त पण्डित ९८०१९०८९५५,कृष्णणा भण्डारी ९८४२६४८११२ २ असोज ६ शुभकिरण MONTESHORI (क्याम्पस मोड) ३ असोज ७ ९ न. वडा कार्यालय ४ असोज ८ बाल बिकाश केन्द्र (झरना टोल) ५ असोज ९ महालक्ष्मी प्रा.बि. ६ असोज १० धिमाल ग्रामथान (सानो अर्नखाडी) ७ असोज ११ शिवमन्दिर (बुद्ध चोक) ८ असोज १२ शहरी स्वास्थ्य केन्द्र दमक - ९ वडा नम्बर १० १ असोज ५ सिंहदेवी देवस्थल मन्दिर सभाहल मेलिना घिमिरे ९८४२६७७९०४,सबिना भट्टराइ ९८१५९९३६०२ २ असोज ६ पशुपति अधारभुत विद्यालय ३ असोज ७ रमेश धमलाको घर, नलबारी ४ असोज ८ सेतुमारी खोप केन्द्र ५ असोज ९ राधाकृष्ण मन्दिर ६ असोज ११ नलबारी ग्रामथान ७ असोज १२ नगर स्वास्थ्य केन्द्र १० दमक–२ मा १४ स्थानमा खोप केन्द्र दमक नगरपालिका वडा नं. २ ले सार्वजनिक गरेको सूचनाअनुसार असोज ५ गतेदेखि ११ गतेसम्म विभिन्न स्थानमा खोप अभियान सञ्चालन हुनेछ। सि.नं. मिति स्थान टोलहरू १ २०८३/६/५ बाल विकश सगरमाथा, त्रिवेणी, हिमशिखर, सयपत्री, मखमली २ २०८३/६/५ खरायो कटेज प्रगतिशील, नवाजीवन, फूलबारी, तेर्हथुमे, पुर्वाधार ३ २०८३/६/६ भाडगबारी[श्याम आचार्यको घर] मिलन, हिमाल, इन्द्रेणी, संयुक्त, भाडगबारी ४ २०८३/६/६ पाङ्गमी चोक सिपिनी, कन्काई, शान्ति, हिमाली, समावेशी, खरखरे समावेशी, सिरेटो लगनशील ५ २०८३/६/७ नेपाल आर्दश बोर्डिंग अरनिको, आदर्श, सफलता, लालिगुरास ६ २०८३/६/७ गणेश राईको घर सुर्यदय, सादुटोल, भालुकुड्डी, बेलडागी ७ २०८३/६/८ सरस्वती मा. बि शिवालय, चन्द्रसूर्य, देविथान, आफन्त, सरस्वती, एभरेस्ट ८ २०८३/६/८ सिंहदेवी मन्दिर सिंहदेवी, गुम्बा चोक, सिंहबाहिनी, हिमालय ९ २०८३/६/९ त्रिपुरेशवोर मन्दिर त्रिपुरेशवोर, उज्यालो, बिहामी १० २०८३/६/९ सनराइ्ज बोर्डिंग जिरायत, नया जिरायत, प्रगतीशील, पाउ पाथीभरा, परिवर्तन जिरायत, सरस्वती टोल चौतारी ११ २०८३/६/१० आम्दा आस्पताल सुनाखरी, जनमत, माता पाथीभरा, सृजनशील, नवसिर्जना, सानो खरखारे, फूलबारी १२ २०८३/६/१० बाल आश्रम संगम, सिर्जना, साजा फूलबारी, नबिन टोल १३ २०८३/६/११ समाज सुधार सहयोगी, बिरेन्द्र स्मृति, देविथान, नमुना, पाथीभरा १४ २०८३/६/११ आधारभूत स्वास्थ्य केन्द्र [वडा कार्यालय] कञ्चनजंगा, रमाइलो, मिलडाडा, व्यवसायिक, गजकाली दमक–३ मा १४ स्थानमा खोप केन्द्र दमक नगरपालिका वडा नं. ३ ले सार्वजनिक गरेको सूचनाअनुसार असोज ५ गतेदेखि १२ गतेसम्म विभिन्न स्थानमा खोप अभियान सञ्चालन हुनेछ। यहाँ खोपको समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। मिति खोप केन्द्र समेटिने टोल विकास संस्था असोज ५ जनजागृति भवन संगम, काबेली, जनता, प्रगति, बेतना असोज ५ रामचन्द्र मन्दिर पशुपति, पुलचोक, त्रिबेणी, पाथीभरा, अरुणोदय, कञ्चनजङ्घा, किसान असोज ६ भ्यू टावर तिनघेरे, द्वारा, दापगाछि, नवज्योति असोज ६ लक्ष्मी नारायण मन्दिर जम्बुझार, विहानी, शान्ति, मिलिजुली असोज ७ शिवालय मन्दिर, गोलाटार पाथीभरा, जीवनज्योति, गृहलक्ष्मी, जनज्योति, सिंहदेवी, नमुना असोज ७ बालकेन्द्र सिताराम, खजुरगच्छी, उज्यालो, हिमाली असोज ८ शिवालय मन्दिर, बेलडाँगी पिपिरे, पिपिरे जागरण, जमुना, उद्यमी, सुनौलो, सुन्दर असोज ८ साधुथान दिपज्योति, लालीगुराँस, कोपिला, चुलाचुली असोज ९ जालपा मन्दिर प्रगति, हिमाली, दुम्से, नवजागरण, चुलाचुली असोज ९ राधाकृष्ण अन्धाराजा, दुधे, दुधे समृद्धि, ॐ शान्ति, चेतना, सूर्यलक्ष्मी असोज १० आधारभूत स्वास्थ्य केन्द्र-३ महाराज थान, बुढाठाकुर, सिर्जना, अमरज्योति, सगरमाथा, अन्नपूर्ण असोज १० नगर स्वास्थ्य केन्द्र-३ आमचोक, डिएपि, सूर्यज्योति, सयपत्री, प्रभात किरण, वरगाछि, शान्ति, बाघखोर, नवकिरण, सगरमाथा, सूर्य, बुद्ध असोज १२ आधारभूत स्वास्थ्य केन्द्र-३ महाराज थान, बुढाठाकुर, सिर्जना, अमरज्योति, सगरमाथा, अन्नपूर्ण असोज १२ नगर स्वास्थ्य केन्द्र-३ आमचोक, डिएपि, सूर्यज्योति, सयपत्री, प्रभात किरण, वरगाछि, शान्ति, बाघखोर, नवकिरण, सगरमाथा, सूर्य, बुद्ध वडा नं. ३ को खोप समय: बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म। दमक–५ मा ८ दिन, विभिन्न ७ खोप केन्द्र दमक नगरपालिका वडा नं. ५ ले सार्वजनिक गरेको तालिकाअनुसार असोज ५ गतेदेखि १२ गतेसम्म विभिन्न स्थानमा खोप केन्द्र सञ्चालन हुनेछ। यहाँ खोपको समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। मिति खोप केन्द्र समेटिने टोल विकास संस्था असोज ५ ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको भवन मनकामना, सुन्दर, भुकुटी, सज्जन, बुद्ध, बुद्धशान्ति, शान्ति, एकता, शान्तिभूमि, ज्येष्ठ नागरिक असोज ६ दिपिनी आधारभूत विद्यालयको भवन दिपज्योती, सयपत्री, हरिओम कोलोनी, लक्ष्मी नारायण, मेलमिलाप, हातेमालो, यलम्बर, ओम शान्ति, दिपिनी, आनन्द, पारीजात, शान्ति दिपिनी, बानेश्वर, सहकार्य, इन्द्रेणी, हिमशिखर असोज ७ दिपिनी आधारभूत विद्यालयको भवन प्रशान्ति, जागुती, कन्काई, त्रिवेणी, आदर्श, नमुना, सुधार, बानेश्वर हाइट, विकास, गोर्खाली, नविन, अनाम असोज ८ धनेश्वर सहकारीको भवन, क्याम्पस मोड नारायण, आरती, सुनाखरी, शिखर, मुनाल, उन्नति, नवसृजना, पारुहाड, नारायण गोपाल, विहानी, हाम्रो सगरमाथा, लालीगुराँस असोज ९ धनेश्वर मन्दिरको सभाहल सगरमाथा, धनेश्वर, कञ्चन, जलदेवी, देवीथाने, डाँडा असोज १० मोडल क्याम्पसको भवन चाँदनी, आकाशगंगा, समावेशी, मोडल, हरियाली, पृथ्वी, दाजुभाई, सुन्दर समाज, सृजना, चन्द्रसूर्य मोडल, संगम असोज ११ वडा कार्यालय, दमक-५ उज्यालो, खरखरे, रमाइलो, प्रगती, श्रीजंगा असोज १२ आधारभूत स्वास्थ्य कार्यालय, दमक-५ छुट भएका सम्पूर्ण लक्षित व्यक्ति वडा नं. ५ को खोप समय: बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म। दमक–६ मा आधारभूत स्वास्थ्य केन्द्रबाट खोप दमक नगरपालिका वडा नं. ६ मा असोज ५ गतेदेखि ११ गतेसम्म आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ मा जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन हुनेछ। वडाले टोल विभाजन गरी प्रत्येक दिन फरक–फरक टोल विकास संस्थालाई समेटेको छ। मिति खोप केन्द्र समेटिने टोल विकास संस्था असोज ५ आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ सूर्योदय, भुकुटी, सन्तविर, लेखनाथ, महाविर असोज ६ आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ सगरमाथा, सुनौलो, बसपार्क, थानालाईन, नमुना असोज ७ आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ अनमोल, पाथीभरा, पशुपति, लिंगदेना मार्ग, सिटी सेन्टर असोज ८ आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ कस्तुरी, देवकोटा, दाङ्नेगढी, वीसी मार्ग, शान्तिमाग असोज ९ आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ प्रतिभा, भगवान, जुट विकास, राधाकृष्ण, रानी असोज १० आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ गुराँस, नगरज्योती, बीपी मार्ग, फूलबारी, नवसृजना असोज ११ आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ खोप लगाउन छुटेका सम्पूर्ण लक्षित समूह वडा नं. ६ को खोप समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म। नोट: खोप लगाउन जानुअघि आफ्नो सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग आफ्नो लक्षित समूह, खोप केन्द्र र समयसम्बन्धी पछिल्लो जानकारी सुनिश्चित गर्नुहोस्।
दमकमा राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम निःशुल्क
दमक । इलाका प्रशासन कार्यालय दमकले राहदानी तथा राष्ट्रिय परिचयपत्रका लागि अनलाइन फाराम भर्न सेवाग्राहीलाई निःशुल्क सहजीकरण गर्न सुरू गरेको छ ।कार्यालयले बुधबारदेखि राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि कार्यालयबाटै निःशुल्क फाराम भरिदिने सेवा सुरू गरेको हो ।यससँगै कार्यालय आसपास खुलेका विभिन्न सेवा केन्द्रमा पुगेर अनलाइन फाराम भरेबापत शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य भएको कार्यालयले जनाएको छ । यसअघि कतिपय सेवाग्राहीले फाराम भर्नका लागि बाहिरका व्यक्तिलाई शुल्क तिर्ने गरेका थिए । एक सय रुपियाँ शुल्क लिएर फाराम भरिने गरिएको थियो । इलाका प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘अब उप्रान्त अनलाइन फाराम भर्नका लागि बाहिरका अनधिकृत व्यक्तिहरूलाई कुनै शुल्क बुझाउनु पर्ने छैन।’ इलाका प्रशासन कार्यालय दमकका प्रमुख विश्वराज नेपालले निःशुल्क फाराम भर्ने व्यवस्था गत बुधबारदेखि सुरू गरिएको जनाउनुभयो ।उहाँका अनुसार अनलाइन फाराम भर्न सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । फाराम भर्ने क्रममा समस्या भए कार्यालयमै आएर कर्मचारीको सहयोग लिन सकिने उहाँले जानकारी दिनुभयो ।सेवाग्राहीले चाहेमा आवश्यक विवरण भरेर आफैँ अनलाइन फाराम तयार गरी कार्यालयमा ल्याउनसमेत सक्ने कार्यालय प्रमुख नेपालले बताउनुभयो ।
दमकमा अन्तरविद्यालय गायन प्रतियोगिता सम्पन्न
दमक/ ६२ औँ बाल दिवसको अवसर पारेर दमक नगर बाल सञ्जालको आयोजना र दमक नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरीय अन्तरविद्यालय गायन प्रतियोगिता सम्पन्न भएको छ। दमक–६ स्थित पशुपति मन्दिरको सभाहलमा आयोजित प्रतियोगितामा नगरपालिका क्षेत्रभित्रका २७ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।बाबालिकामा निहित गायन प्रतिभा प्रस्फुटन गराउने र उनीहरूलाई आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा लालिगुराँस इङ्लिस स्कुलका विद्यार्थी रिदम बस्नेत प्रथम भएका छन्। त्यस्तै, पूर्वाञ्चल मोन्टेसरी स्कुलकी सृजिता गोस्वामी द्वितीय, ग्लोबल स्कुलका सक्षम बस्नेत तृतीय र हिमालय माध्यमिक विद्यालयकी अमिरा विन्दु काफ्ले चतुर्थ भएका छन्।नगर बाल सञ्जालका अध्यक्ष दिवस वाग्लेको सभापतित्व तथा दमक नगरपालिकाकी नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उपप्रमुख प्रसाईंले ब्यानर वाचन गरेर गर्नुभएको थियो।कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएको यस प्रतियोगितामा प्रतिस्पर्धीहरूले मौलिक नेपाली लोकभाकाका गीतहरू प्रस्तुत गरेका थिए। प्रतियोगितामा प्रत्येक विद्यालयबाट एक जना विद्यार्थीले मात्र भाग लिएका थिए।कार्यक्रममा दमक नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सरिता भण्डारी, महिला विकास अधिकृत जमुना पौडेल, बिर्तामोड नगर बाल सञ्जालका उपाध्यक्ष इशान्त भट्टराई लगायत नगर बाल सञ्जालका पूर्वपदाधिकारी तथा सदस्यहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन दमक नगर बाल सञ्जालकी सदस्य श्रीबिना राईले गरेकी थिइन्।
हम्सेदुम्से सामुदायिक वन क्षेत्रबाट ठूलो परिमाणमा सखुवाको काठ बरामद
दमकस्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्र हुँदै तस्करी भइरहेको आशंकामा बोलेरो भ्यानबाट ठूलो परिमाणमा सखुवाको काठ बरामद गरिएको छ। हम्सेदुम्से सामुदायिक वनका नवनिर्वाचित अध्यक्ष युवराज दङ्गालको नेतृत्वमा स्थानीयले निगरानी गर्ने क्रममा भ्यानबाट ८ फुटे र ६ फुटे आकारका गरी ५० भन्दा बढी फेन्टा सखुवाको काठ बरामद गरिएको जनाइएको छ। काठ नियन्त्रणमा लिने क्रममा मधुमल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार सन्तोष पाण्डे पनि सोही स्थानमा रहेको स्थानीयले बताएका छन्। उनको उपस्थितिलाई लिएर स्थानीयले शंका व्यक्त गरेपछि केही समय हल्लाखल्ला भएको र त्यसपछि पाण्डे त्यहाँबाट बाहिरिएको स्थानीयको भनाइ छ। बरामद गरिएको काठ तथा घटनाबारे सम्बन्धित प्रहरी र वन कार्यालयबाट आधिकारिक पुष्टि तथा थप अनुसन्धान हुन बाँकी छ। काठ कहाँबाट ल्याइएको हो र घटनामा को–को संलग्न छन् भन्ने विषय अनुसन्धानपछि खुल्नेछ।
हजुरआमाको स्मृतिमा प्रहरी कार्यालयमा २ लाख ५० हजारको चिसो पानी मेसिन
दमकका युवा व्यवसायी विपिन सुवेदीले आफ्नी हजुरआमाको स्मृतिमा इलाका प्रहरी कार्यालय दमकमा रु. २ लाख ५० हजार बराबरको RO तथा UV प्रविधियुक्त पानी फिल्टर र चिसो पानी आउने मेसिन जडान गरी हस्तान्तरण गरेका छन्।सोमबार प्रहरी कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच सुवेदीले उक्त मेसिन हस्तान्तरण गरेका हुन्। प्रहरी कर्मचारी तथा सेवाग्राहीलाई स्वच्छ र चिसो खानेपानीको सहज सुविधा उपलब्ध गराउने उद्देश्यले मेसिन जडान गरिएको जनाइएको छ।हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरि बस्नेत, इन्स्पेक्टर प्रमोद खड्का, सामाजिक व्यक्तित्व सन्तोष दुलाल, छवि खतिवडा, व्यवसायी बिजु राई तथा विपिन सुवेदीको उपस्थिति रहेको थियो।हजुरआमाको स्मृतिमा सामाजिक सेवामार्फत गरिएको उक्त सहयोगलाई उपस्थितहरूले प्रशंसनीय कार्यका रूपमा लिएका छन्।
घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकहरूलाई अपिल गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको बताउनुभएको हो ।“आज म अत्यन्तै भारी मन लिएर तपाईँहरूमाझ उभिएको छु । आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्माहत बनाएको छ । प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ”, उहाँले भन्नुभएको छ ।प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण हालसम्म ९५ जनाले ज्यान गुमाइसक्नुभएको छ । “म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाईँहरूको यो असह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा छौँ । बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु”, उहाँले भन्नुभएको छ । उहाँले दुःखद् खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको सङ्ख्यामा उद्धार कार्यमा परिचालन गरेको समेत उल्लेख गर्नुभएको छ ।बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो । त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्त्वपूर्ण निर्णयहरू गरिएको उहाँको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो ।प्रधानमन्त्री शाहका अनुसार घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ । उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ । काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, विभिन्न सुरक्षा निकायहरूबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली तत्कालै पठाइएको छ । यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइसकिएको छ । आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता सङ्घसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ ।बाढीग्रस्त क्षेत्रका सङ्घीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौँ । घाइतेहरूको थप विवरण सङ्कलन गर्ने काम अझै निरन्तर जारी छ ।यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ । बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ । घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण सङ्कलन गरिनेछ । आज रातभर पनि उद्धार कार्य जारी नै रहने उहाँको भनाइ छ ।“नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ ।बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ । विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ उहाँको भनाइ छ ।प्रधानमन्त्री शाहले भन्नुभएको छ, “तपाईँहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन । तर म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईँहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईँहरूकै साथमा छ । कृपया धैर्य धारण गर्नुहोला । तपाईँहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ ।” यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुन आग्रह गर्दै उहाँले सम्पूर्ण सामाजिक सङ्घसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध समेत गर्नुभएको छ । रासस