दमकमा जारी जापानी इन्सेफ्लाइटिस (JE) विरुद्धको खोप अभियानको तेस्रो दिन ५ हजार ६९३ जनाले खोप लगाएका छन्। यससँगै अभियान सुरु भएदेखि तेस्रो दिनसम्म दमकमा खोप लगाउनेको संख्या १५ हजार ५६७ पुगेको छ। यो दमकको लक्षित जनसंख्याको २८.१ प्रतिशत हो।

झापाभर सञ्चालन भइरहेको अभियानअन्तर्गत दमकका १० वटै वडामा ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप लगाउने कार्य जारी छ। अभियानको पहिलो दिन ४ हजार ५१९ र दोस्रो दिन ५ हजार ३५५ जनाले खोप लगाएका थिए।

तेस्रो दिनसम्म वडा नं. १ मा १ हजार ३४०, वडा नं. २ मा १ हजार ३४३, वडा नं. ३ मा १ हजार ६८२, वडा नं. ४ मा १ हजार ६३०, वडा नं. ५ मा २ हजार २३, वडा नं. ६ मा १ हजार ४२८, वडा नं. ७ मा १ हजार ५८१, वडा नं. ८ मा १ हजार ६९२, वडा नं. ९ मा २ हजार ९१ र वडा नं. १० मा ७५७ जनाले खोप लगाएका छन्।

अभियानअन्तर्गत नगरका विभिन्न वडामा तोकिएका खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको छ। ३० वर्षमाथिका लक्षित नागरिकलाई आफ्नो सम्बन्धित खोप केन्द्रमा पुगेर अभियानमा सहभागी हुन आग्रह गरिएको छ।