कोशी प्रदेश बजेट
कोशी प्रदेश सरकारद्वारा सार्वजनिक वार्षिक नीति, कार्यक्रम तथा बजेट (रातो किताब) सम्बन्धी सम्पूर्ण ताजा अपडेटहरू। यस क्याटेगोरीमा विशेष गरी झापा, दमक तथा आसपासका क्षेत्रहरूका लागि विनियोजित बजेट, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, नदी नियन्त्रण, खानेपानी तथा सामाजिक विकासका आयोजना र तिनको कार्यान्वयन सम्बन्धी विस्तृत समाचार र विश्लेषणहरू फेला पार्न सक्नुहुनेछ।
दमक बहुमुखी क्याम्पसको पुस्तकालय र भवनका लागि १ करोड २५ लाख विनियोजन
दमक, झापा । कोशी प्रदेश सरकारको रातो किताब अनुसार दमकको अग्रणी शैक्षिक संस्था दमक बहुमुखी क्याम्पसका लागि दुईवटा ठूला योजना स्वीकृत भएका छन्। क्याम्पसको नयाँ पुस्तकालय (Library) भवन निर्माणका लागि रु. ७५ लाख (७५०० हजार) र निर्माणाधीन क्याम्पस भवन सम्पन्न गर्नका लागि थप रु. ५० लाख (५००० हजार) गरी कुल १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
इप्रका दमकमा हिरासत भवन निर्माणका लागि १ करोड ५० लाख बजेट
कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रम पुस्तिका (रातो किताब) अनुसार झापाको इलाका प्रहरी कार्यालय दमकमा नयाँ हिरासत भवन निर्माणका लागि रु. १ करोड ५० लाख (१,५०,०० हजार) बजेट विनियोजन गरिएको छ। लामो समयदेखि थुनुवा व्यवस्थापनमा रहँदै आएको पूर्वाधार अभावलाई यस बजेटले सम्बोधन गर्ने र आधुनिक हिरासत कक्ष बन्ने इप्रका दमकले जनाएको छ।