कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रम पुस्तिका (रातो किताब) अनुसार झापाको इलाका प्रहरी कार्यालय दमकमा नयाँ हिरासत भवन निर्माणका लागि रु. १ करोड ५० लाख (१,५०,०० हजार) बजेट विनियोजन गरिएको छ। लामो समयदेखि थुनुवा व्यवस्थापनमा रहँदै आएको पूर्वाधार अभावलाई यस बजेटले सम्बोधन गर्ने र आधुनिक हिरासत कक्ष बन्ने इप्रका दमकले जनाएको छ