एमालेको चुनावी सरगर्मी: फागुन ४ र ५ गते दमकका विभिन्न स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने

O
ourdamak २०८२ फागुन २
Reads
एमालेको चुनावी सरगर्मी: फागुन ४ र ५ गते दमकका विभिन्न स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने

दमक, झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै झापा क्षेत्र नं. ५ मा राजनीतिक सरगर्मी तीव्र बनेको छ। यसै क्रममा नेकपा (एमाले) निर्वाचन परिचालन समिति दमक-३ ले आफ्नो क्षेत्रमा चुनावी अभियानलाई थप सशक्त बनाउन दुई दिने विशेष भेला तथा आमसभाको आयोजना गर्ने भएको छ। यही फागुन ४ र ५ गते दमकका विभिन्न तीन स्थानमा आयोजना हुने उक्त कार्यक्रमहरूमा झापा क्षेत्र नं. ५ का उम्मेदवार तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थिति रहने समितिले जनाएको छ।

निर्वाचन प्रचारप्रसार समिति दमक-३ का अनुसार अध्यक्ष ओलीले फागुन ४ गते पहिलो दिन दमक-३ स्थित आमचोकमा बेलुका ४:०० बजे आयोजना हुने विशाल चुनावी भेलालाई सम्बोधन गर्नुहुनेछ। त्यस्तै, दोस्रो दिन फागुन ५ गते बिहान ११:०० बजे दुम्से स्कुल अगाडि र त्यसलगत्तै ११:३० बजे तल्लो क्षेत्र टुकुरेस्थित बिजनेस टावरमा अर्को चुनावी सभा हुने तय भएको छ।

निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्मका लागि सभा, जुलुस र घरदैलो जस्ता प्रचारप्रसारका कार्यक्रम गर्न अनुमति दिएको छ। सोही समयसीमा सुरु भएकै दिनदेखि एमालेले आफ्नो पकड क्षेत्र मानिने दमक-३ बाट आक्रामक चुनावी अभियान थाल्न लागेको हो। समितिले पार्टीका सम्पूर्ण कार्यकर्ता, शुभचिन्तक, समर्थक तथा आम मतदाताहरूलाई उल्लेख्य संख्यामा उपस्थित भई कार्यक्रम भव्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

Share this story:

Comments