दमक काठमाडौं सरोकार समाजको नयाँ नेतृत्व चयन गरिएको छ। सम्पन्न चौथो अधिवेशनले समाजको नयाँ कार्यसमिति गठन गर्दै कार्यकारी अध्यक्षमा प्रज्ज्वल कार्कीलाई चयन गरेको हो।
समितिको उपाध्यक्षमा ज्योति केसी, महासचिवमा युवराज खत्री, सचिवमा जगदीश आचार्य र कोषाध्यक्षमा गीता कोइराला भट्टराई चयन हुनुभएको छ। त्यसैगरी कार्यसमितिका सदस्यहरुमा सिसम बजगाईं, सिमा सिंह, श्वेता घिमिरे, विजय पोखरेल, सूर्य विक, विवेक भट्टराई, राजेश प्रसाई र विश्वराज अधिकारी रहनुभएको छ।
नयाँ कार्यसमितिले समाजलाई थप सक्रिय र प्रभावकारी बनाउँदै दमक र काठमाडौंबीचको सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउन काम गर्ने अपेक्षा गरिएको छ। नवगठित टोलीले आफ्नो कार्यभार सम्हाल्दै समाजका भावी योजना तथा सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
Comments